राजनीति

‘अल्पमत पक्षको केन्द्रीय सदस्य पद छोडेर प्रचण्ड–नेपाल नेतृत्वको मुलधारमा फर्किएँ’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहमा केन्द्रीय सदस्य बनेका ताज मोहम्मद मियाँ प्रचण्ड–नेपाल समूहमा लागेका छन्। आइतबार एक विज्ञप्ति जारी गर्दै मियाँले ‘पार्टीको विधान विपरित अल्पमत पक्षले नियुक्त गरेको केन्द्रीय कमिटीको सदस्य परित्याग गरेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले नेतृत्व गरेको मुलधारमा’ फर्किएको बताएका हुन्।  

‘नेकपाको विधान विपरित पार्टीको अल्पमत पक्षले नियुक्त गरेको केन्द्रीय समिति सदस्य पद आजैका दिनबाट परित्याग गरी कम्युनिस्ट आन्दोलनको एकता, संविधानको कार्यान्वयन र जनताको सम्मृद्धिको आकांक्षालाई विधिसम्मत रुपमा पुरा गर्ने युगिन जिम्मेवारी पुरा गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्व गर्नुभएको नेकपाको मूलधारमा रहेर आफ्नो भूमिका निर्वाह गर्ने घोषणा गर्दछु,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

मियाँले जारी गरेको विज्ञप्तिः

प्रकाशित: १६ फाल्गुन २०७७ १३:२३ आइतबार

ताज मोहम्मद मियाँ