राजनीति

अवहेलना मुद्दामा दाहालले दिए लिखित जवाफ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले अदालतको अवहेलना मुद्दामा जवाफ दिएका छन्।  

आइतबार सर्वोच्च अदालतमा आफैं उपस्थित भएर लिखित जवाफ दिएका हुन्।

आन्दोलनका क्रममा पुस ५ गते दिएको अभिव्यक्तिबारे अदालतमा अवहेलना मुद्दा परेको थियो।  

न्यायाधीश मनोजकुमार शर्माको इजलाशले दाहाललाई अदालतमा आफैं उपस्थित भएर अवाफ पेश गर्न आदेश गरेको थियो।  

दाहालविरुद्ध अधिवक्ता समीर हायूले मुद्दा दर्ता गरेका थिए ।

यस चार पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की,  प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वसभामुख दमननाथ ढुंगानाले पनि अवहेलना मुद्दामा जवाफ दिएका थिए।  

 

 

प्रकाशित: १६ फाल्गुन २०७७ ०५:५९ आइतबार

सर्वोच्च अदालत प्रचण्ड