राजनीति

संसद पुन:स्थापनाको खुशीयालीमा बुटवलमा र्‍याली

संसद पुनःस्थापनाको खुसीयालीमा नेकपा प्रचण्ड–माधव समूहले बुधबार बुटवलमा र्याबली निकालेको छ। बुटवलको राजमार्ग चौराहबाट निस्कीएको पञ्चेबाजा सहितको र्याणलीले नगर परिक्रमा गरी ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।  

कोण सभामा बोल्ने नेताहरुले सर्वोच्चले संविधानको रक्षा गर्दै देशलाई अध्यारो सुरुङ जानबाट रोकेको बताए। पार्टीका केन्द्रिय सदस्य बामदेव क्षेत्री, जिल्ला अध्यक्ष राजु गुरुङ लगायतले बोल्दै संसद पुन:स्थापनाले जनताको जीत भएको भन्दै अब देशले निकास पाउने बताए। वक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा पनि मागे। यसअघि प्रतिनिधि सभा पुनस्र्थापना भएको खुसीयालीमा मंगलबार साँझै प्रचण्ड–माधव नेकपाले बुटवल लगायत जिल्लाका बिभिन्न स्थानमा दिपावली गरी सार्वोच्चको निर्णयलाई स्वागत गरेको थियो।  

 

 

प्रकाशित: १२ फाल्गुन २०७७ १२:०२ बुधबार

संसद पुन:स्थापना