राजनीति

पशुपतिनाथमा सुनको जलहरी राखेकै दिन सर्वोच्चको कारण देखाउ आदेश

सर्वोच्च अदालतले पशुपतिनाथमा सुनको जलहरी राखेकै दिन कारण देखाउ आदेश जारी गरेको छ। आज मात्रै राष्ट्रपति विद्या भण्डारीले पशुपतिनाथमा सुनको जलहरी राखेकी थिइन्।

जलहरी राख्ने विषयमा परेको रिटमा न्यायाधीश पुरुषोत्ताम भण्डारीको एकल इजलाशले जलहरी नराख्न अन्तरकालिन अन्तरिम आदेश जारी गरेको हो।  

नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुंगानाले पशुपतिनाथको ज्योतिर्लिंगमा सुनको जलहरी नलगाउन माग गर्दै रिट दायर गरेका थिए। सर्वोच्चले जलहरी राख्नेबारे सरकारसँग लिखित जवाफसमेत मागेको छ।

यस विषयमा छलफलका लागि रिट निवेदक र सरकार दुबै पक्षलाई फागुन १७ गते छलफलमा बोलाइएको छ।

 

प्रकाशित: १२ फाल्गुन २०७७ ११:४३ बुधबार

सर्वोच्च अदालत पशुपतिनाथ