राजनीति

प्रचण्ड–नेपाल र कांग्रेस सभापति देउवाबीच भेटवार्ता, अर्को बैठक छिट्टै

फाइल तस्बिर।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय माधव कुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। बुधबार देउवा निवास बुढानिलकन्ठमा प्रचण्ड र नेपालले देउवासँग पछिल्लोपटक विकसित राजतीतिक घटनाक्रमबारे छलफल गरेको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

उनीहरूबीच करिब आधा घण्टा छलफल भएको थियो। उनले नेताहरुबीच आ–आफ्नो दलमा छलफल गरेर फेरि बैठक बस्ने सहमति भएको जानकारी दिए। कांग्रेस पदाधिकारी बैठक भोलि दिउँसाे ३ बजेका लागि बोलाइएको छ।

प्रतिनिधि सभा पुनःस्थापना भएसँगै आगामी रणनीति तय गर्न उनीहरुबीच छलफमा जुटेका हुन्।

गत पुस ५ गते प्रधानमन्त्री ओली नेतृत्वको सरकारले गरेको संसद विघटनको निर्णलयलाई सर्वोच्च मंगलबार बदर गरिदिएको थियो।

प्रकाशित: १२ फाल्गुन २०७७ ०८:३१ बुधबार

शेरबहादुर देउवा पुष्पकमल दाहाल माधव कुमार नेपाल संसद पुन:स्‍थापना