राजनीति

प्रधानमन्त्री ओलीले बोलाए नेकपाको स्थायी समिति बैठक

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेकपाको स्थायी समिति बैठक बोलाएका छन्। ओलीले आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाएका हुन्।

सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुनर्स्थापना गरिदिएपछि उत्पन्न राजनीतिक घटनाक्रमबारे छलफलका लागि ओलीले स्थायी समितिको बैठक बोलाएको बताइएको छ।  

पुस ५ गते प्रधानमन्त्री ओलीको सरफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन भई निर्वाचनमा जाने निर्णय भएको थियो। उक्त सरकारी निर्णयलाई सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएको छ।

प्रकाशित: १२ फाल्गुन २०७७ ०२:३६ बुधबार

प्रधानमन्त्री ओली नेकपाको स्थायी समिति बैठक