राजनीति

प्रचण्डको विश्वास: अदालतले सही फैसला गर्नेछ

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतले संविधानको रक्षा गर्ने बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै दाहालले संसद पुन:स्थपना हुने विश्वाबस व्यक्त गरे।  

संविधान मिच्चने र संसद विघटन गर्ने अलोकतान्त्रि कार्य सच्चिएर नयाँ दिशामा देश जाने उनले बताए। संसद विघटनविरुद्ध आन्दोलनमा रहे पनि अदालतप्रति आफुहरुको विश्वास रहेको दाहालले बताए। आन्दोलनका उपलव्धि रक्षा गर्दै अघि बढ्नु अहिलेको दायित्व भएको दाहालको भनाई छ।

उनले आफुहरु आधिकारिक नेकपा भएको बताउँदै केपी ओली विभाजनको षडयन्त्रमा लागेको आरोप लगाए। ठूलो दु:ख गरेर पार्टी एकता गरेको बताउँदै उनले विसर्जनवादको अन्त्य हुने बताए।

 

प्रकाशित: ११ फाल्गुन २०७७ ०९:४२ मंगलबार

प्रचण्ड संसद विघटन