राजनीति

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश हुँदै

फाइल तस्बिर।

प्रदेश १ प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेश हुने भएको छ। प्रदेश सचिवालयले जारी गरेको कार्यसूचीअनुसार आजको मुख्यमन्त्री राईविरूद्ध अविश्वसाको प्रस्तावमाथि छलफल हुँदैछ।  

यसअघि आजको प्रदेश सभा बैठक रोक्न मुख्य मन्त्री राईले सभामुख प्रदीपकुमार भण्डारीलाई आग्रह गरेका थिए। तर, सभामुख भण्डारीले भने मुख्यमन्त्रीको आग्रह अस्वीकार गर्दै कार्यसूचीसमेत प्रकाशन गरेका छन्।

प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीले हस्ताक्षर गरेको विज्ञप्तिमा, ‘मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव  ऐ. नियमावलीको नियम १२९(४) बमोजिम पेश हुने,’ उल्लेख छ।

प्रदेशसभा बैठक बस्ने भएपछि नेकपाको दुवै समूह र नेपाली कांग्रेस छलफलमा जुटेका छन्।

प्रकाशित: ९ फाल्गुन २०७७ ०९:०८ आइतबार

मुख्यमन्त्री शेरधन राई अविश्वासको प्रस्ताव