राजनीति

निर्मला पन्तको हत्यारा कानुनको पन्जा नजिक आइसकेको छ : गृहमन्त्री थापा

गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई चाँडै कानुनको कठ्घरामा ल्याउने बताएका छन्। शनिबार विराटनगरमा आयोजित ओली समूहको सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले भागरथीको हत्यारालाई कानुनको कठ्घरामा ल्याइसकेको र अब छिट्टै निर्मलाको हत्यारलाई पक्राउ गर्ने बताए।

‘भागरथीको हत्यारलाई, त्यो बलात्कारीलाई कानुनको कठ्घरामा उभ्याउन सफल भएका छौं। निर्मलाको बलात्कार र हत्या हाम्रो कानुको पञ्जा नजिक आइसकेको छ,’ उनले भने,‘त्यसलाई पनि हामी छिट्टै कानुनको कठघरामा उभ्याउनेछौं।’  

सम्बोधनका क्रममा उनले प्रतिनिधि सभा विघटन निर्णयको बचाउ गरेका थिए।  

प्रकाशित: ८ फाल्गुन २०७७ १०:१२ शनिबार

निर्मला पन्त गृहमन्त्री राम बहादुर थापा