राजनीति

लाखौं लाख जनताले मध्यावधि चुनाव अनुमोदन गरिसके : सुवासचन्द्र नेम्वाङ

क्याप्शन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले जनताले मध्यावधि चुनाव अनुमोदन गरिसकेको दाबी गरेका छन्। शनिबार विराटनगरमा आयोजित ओली समूहको जनसभालाई सम्बोधन गर्दै नेता नेम्वाङले आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको चुनावलाई ‘लाखौं लाख जनताले अनुमोदन गरिसकेको’ जिकिर गरे।

‘लाखौं जनताको जनलहरले आगामी वैशाख १७ र २७ को चुनाव अनुमोदन गरिसकेको छ,’ उनले भने,‘नेपालको सन्दर्भमा नेपाली जनता निर्वाचन चाहन्छन्। दुधको दुध पानीको पानी छुट्याउन जनताले फैसला गरिसके। तर, हामी सर्वोच्चको फैसला कुरिरहेका छौं।’

केहीले संसद विघटनलाई असंवैधानिक भनेपनि प्रधानमन्त्री ओलीले संसद विघटन प्रधानमन्त्रीको अधिकार रहेको भनिरहेको नेम्वाङको भनाई छ। केही साथीहरु संसद विघटन संविधान संसदीय मुल्यमान्यता विपरीत भनिरहेका छने,’ नेम्वाङले भने,‘प्रधानमन्त्रीजी संसद विघटन प्रधानमन्त्रीको अधिकार हो भनिरहनुभएको छ।

तर, आफू कानुनको विद्यार्थी भएकाले अदालतमा विचाराधीन मुद्दामा बोल्न नमिल्ने उनको भनाई छ।

प्रकाशित: ८ फाल्गुन २०७७ ०९:२४ शनिबार

सुवासचन्द्र नेम्वाङ ‌ओली समूह