राजनीति

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै

प्रतिनिधिसभा विघटनविरुद्धको विरोध कार्यक्रमका कारण स्थगित हुँदै आएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ। पुस ५ गते सुरु भएको बैठक यसअघि बस्न सकेको थिएन।

आजको बैठकमा एजेण्डाहरु पनि थप हुने बताइएको छ। गत वर्ष आगामी ७ गतेका लागि तय गरेको महाधिवेशन हालसम्म सारिएको सूचनासमेत नगरिएकाले त्यही विषयलाई प्राथमिकमा राखिएको बताइएको छ। 

प्रकाशित: ५ फाल्गुन २०७७ ०४:१३ बुधबार

प्रतिनिधिसभा विघटन नेपाली काँग्रेस केन्द्रीय समिति बैठक