राजनीति

प्रतिनिधिसभा विघटनको विरोधमा उत्रन सबै लोकतन्त्रवादीलाई देउवाको आग्रह

प्रतिनिधिसभा विघटनको विरोधमा उत्रन सम्पूर्ण लोकतन्त्रवादीलाई नेपाली कांग्रेसले आग्रह गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै समस्त लोकतन्त्रवादीमा भोलिको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध एक्यवद्धता प्रकट गर्न अपील गरेका छन्।  

कांग्रेसले भोलि फागुन ३ गते देशका ७७ वटै जिल्लामा प्रदर्शन गर्दैछ।  

यस अघि कांग्रेसले संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेस एवं भातृसंस्था र शुभेच्छुक संस्थाले पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ गते विरोध प्रदर्शन गरेक छन्। भोलिको प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन देउवाले आग्रह गरेका छन्।

संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध नेपाली कांग्रेस एकमतका साथ आन्दोलनमा रहेको देउवाको विज्ञप्तिमा उल्लेख छ।  

 

प्रकाशित: २ फाल्गुन २०७७ १०:५६ आइतबार

नेपाली कांग्रेस शेरबहादुर देउबा संसद विघटन