राजनीति

पूर्वलडाकु भन्छन्ः माग पूरा भए ओली समूहको राजनीतिक लडाइमा ढाल बनेर उत्रन्छौं

म पनि पूर्वलडाकु झै प्रयोग भए: मन्त्री रायमाझी

तत्कालिन माओवादीले सरकार बिरुद्ध बिद्रोह सुरु गरेको दिनको अवसर पारेर नेकपाको ओली समुहले बुटवलमा गर्न लागेको शक्ति प्रदर्शनमा आएका पूर्वलडाकुहरुको भेला बिहान बुटवलमा गरीयो । राष्ट्रिय जनमुक्ति सेना नेपाल केन्द्रिय समायोजन समिति अयोजक रहेको भनिएको भेलामा ओली सरकारका मन्त्रीहरु टोपबहादुर रायमाझी,मणी थापा,लेखराज भट्ट,लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल लगायतका नेताहरु सहभागी थिए ।  

नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समुहले केहीबेरमा बुटवलमा आमसभा गर्दैछ । सभालाइ सम्बोधन गर्न प्रम ओली भर्खरै बुटवल आएका छन । ओली समुहले बुटवल सभालाइ शक्ति प्रदर्शनकै  रुपमा गर्न लागेको हो । मुख्यमन्त्री शंकर पोखरेलले बुटवलको भेला आन्दोलन नभइ आफनो पक्षमा भएको जनसमर्थन राष्ट्रलाइ देखाउन गरीएको बिहिबारै पत्रकार सम्मेलन गरेर बताइसकेका छन ।  

बुटवलको शक्ति प्रदर्शनमा ४ सय बढी जनमुक्ति सेना पनि सहभागी हुने दावी यसअघि नै गरीएको छ । सोही दावी अनुरुप आमसभा अघि बुटवल स्थित आम्रपाली होटलमा बिहान भेला गराइ पूर्वलडाकुहरुले आफना माग पुरा भए सरकारलाइ ढाल बनेर साथ दिने प्रतिबद्धता जनाए ।  

भेलामा बोल्दै  पुर्वलडाकु कमाण्डर दुर्गा  चौधरीले तत्कालिन माओवादीले आफुहरुलाइ उपयोग मात्रै गरेकाले आफ्ना माग पुरा भए सरकारलाइ ढाल बनेर साथ दिने भनाइ राखे । पुष्पकमल दाहाल प्रचण्डले आफुहरुलाइ प्रयोग मात्रै गरेको भन्दै उनले आफना केही माग पुरा भए ओली पक्षको राजनीतिक लडाइमा ढाल बनेर उत्रीने बताएका हुन । चौधरीले आफुहरुको रकम दाहालहरुले खाएको आरोप लगाउदै छानविन गर्न सरकारालाइ आग्रह गरेका थिए ।

केहि दिन अघि ओली नेतृतवको सरकारले पूर्वलडाकुहरुलाइ राहत र सम्मान गर्ने निर्णय गरेको थियो  । सो निर्णयबाट आफुहरुमा आशा पलाएको र आत्मसम्मान महसुस भएको पुर्वलडाकुहरुको भनाइ छ । पुर्वलडाकु अजमतीले ओली सरकारले मात्रै आफुहरुलाइ खोजेको भन्दै सम्मान दिनेलाइ साथ दिने बताइन । पुर्व लडाकुहरुले सरकारले गरेको सम्बोधन संगै आफना थप केही मागहरु पनि पुरा हुनु पर्ने भनाइलाइ जोड दिएका थिए । उर्जामन्त्री टोपबहादुर रायमाझीले पूर्वलडाकुहरु जस्तै बिगतमा आफु पनि प्रयोग भएको भनाइ राखे । मुख्यमन्त्री शंकर पोखरेलले पूर्वलडाकुहरुका थप माग बारे अहिलेको सरकारल सुनुवाइ गर्ने आश्वासन दिए ।

प्रकाशित: १ फाल्गुन २०७७ ०७:४२ शनिबार

जनमुक्ति सेना