राजनीति

शान्ति सम्झौतालाई सफल पार्न हामीले खेलेको भूमिका युगान्तकारी छ: प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युद्धकालिन समयमा भएको बलिदानी संगै शान्ति सम्झौता, सेना समायोजन, हतियार व्यवस्थापनको साथै शान्ति सम्झौतालाई सफल पार्न आफूहरुले खेलेको भूमिका लगायत सबै काम युगान्तकारी भएको टिप्पणी गरेका छन्।  

काठमाडौंमा शनिवार जनयुद्ध दिवसको अवसर पारेर बारबर्दिया नगरपालिकाले आयोजना गरेको 'जीवनगाथा' पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको नेताको र युद्धको परिकल्पनाकारको हैसियतले आफूले उत्पीडीत समुदायहरुको विचार र उत्पीडनलाई उजागर गर्न भूमिका मात्रै खेलेको तर तात्कालिन विद्रोह उत्पीडीत समुदायको विद्रोह नै भएको बताएका हुन्।  

हजारौ शहीदले बलिदानी गरेर रगतले लेखेको संविधान नै धरापमा जाने हो कि भन्ने संसय समेत पैदा भएको बताएका छन्। उनले ठूलो बलिदानी पछि प्राप्त उपलब्धि नै पछिल्लो समय गुम्ने खतरा निम्तीएको बताएका हुन्। जनयुद्धमा शहीद, ज्यान गुमाएका, बेपत्ता पारिएका तथा घाईते योद्धाहरुको जीवनगाथा सार्वजनिक गर्नका लागि जनयुद्ध शुरु गरेकै दिन रोजेकोमा उनले बारबर्दिया नगरपालिकालाई धन्यवाद व्यक्त गरे।  

उनले भने, 'यस्तो परिस्थितिमा यो जीवनगाथा आएको छ। कहीँ कतै संघीय गणतान्त्रिक लोकतन्त्र नै धरापमा जाने हो किरु कहीँ हजारौ शहीदहरुले बलिदान गरेर रगतले लेखेको संविधान नै धरापमा पर्ने हो किरु भन्ने खतरा पैदा भएको बेला पनि छ। यस्तो बेलामा तपाईहरुले यो जीवनगाथा प्रकाशित गरेर बैधानिक ढंगले अगाडि ल्याउनुभयो।'

यसको विशेष अर्थ र महत्व नेपालको इतिहासमा रहिरहने छ भन्ने म ठान्छु। र यसले हामीले रगत दिएर प्राप्त गरेको समावेशी लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता विषयहरुको रक्षाका निम्ति पनि यसले प्रेरणा दिनेछ।'दाहालले बारबर्दिया नगरपालिकाले गरेको यो कामले युद्धबाट पीडीत देशभरका सबै परिवारले न्याय पाउने प्रेरणा हुने विश्वास आफुले लिएको बताए। बारबर्दियाले सुरु गरेको काम देशैभरी हुनेछ भन्ने विश्वास आफूले लिएको पनि उनले उल्लेख गरे ।

सरकारको तर्फबाट आधिकारीक दस्तावेज प्रकाशित गर्नेमा नगरपालिका पहिलो भएको अध्यक्ष दाहालले बताए। 'जीवनगाथा' पुस्तकमा जनयुद्धको तयारीको क्रममा बारबर्दिया जिल्लामा शहीद, ज्यान गुमाएका, बेपत्ता पारिएका तथा घाईते योद्धाहरुको जीवनगाथा संग्रहित गरिएको छ।

प्रकाशित: १ फाल्गुन २०७७ ०६:०१ शनिबार

नेपाल कम्युनिस्ट पार्टी शान्ति सम्झौता