भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले बिहारका मुख्यमन्त्री नीतीश कुमारसँग भेटवार्ता गरेका छन्। मुख्य मन्त्री नीतीश कुमारसँग शुक्रबार भएको भेटघाट सौहार्दपूर्ण भएको राजदूत आचार्यले ट्वीटमार्फत जानकारी दिएका छन्।
उनकाअनुसार भेटका क्रममा नेपाल र भारतबीचको द्धिपक्षीय सम्बन्धलाई थप बलियो बनाउने सम्बन्धमा विचार आदानप्रदान भएको थियो।
नेपालमा राजनीतिक अस्थिरता चरमोत्कर्षमा पुगेका बेला राजदूत आचार्यले बिहारका मुख्यमन्त्रीलाई भेटेका हुन्।
प्रकाशित: ३० माघ २०७७ ०७:३७ शुक्रबार