राजनीति

रामकुमारी झाँक्रीलाई रिहा गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले नेकपा नेतृ रामकुमारी झाँक्रीको रिहाईको माग गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै संविधानले सुरक्षित गरेको अभिव्यक्ति स्वतन्त्रताको मर्यादा राख्न आग्रह गरेका छन्।

'एकपक्षीय रुपमा पूर्वाग्रहपूर्ण व्यवहार गरेर अभिव्यक्तिलाई नै राज्यविरुद्धको अपराध करार गरेर अधिनायक चिन्तन साथ प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई सजग गराउँदछौं', विज्ञप्तिमा भनिएको छ।

नेपाली राजनीतिमा बढ्दै गाएको उत्तेजक अभिव्यक्ति र व्यवहारको शृङ्खलाप्रति कांग्रेसले चिन्तासमेत व्यक्त गरेको छ। नेकपाका दुई समूहको नेतृत्व पंक्तिबाट व्यक्ति हुँदै आएका कतिपय अभिव्यक्ति सभ्य र सुसंस्कृत समाज अनुकुल नभएको पनि कांग्रेसको ठहर छ।

 

प्रकाशित: २९ माघ २०७७ १२:३९ बिहीबार

रामकुमारी झाँक्री पक्राउ नेपाली कांग्रेस