राजनीति

रामकुमारीको प्रश्न : नागरिकले विद्रोहको भाषा बोल्न पनि नपाउने ?

नेकपा दाहाल-नेपाल समूहकी नेता रामकुमारी झाँक्रीले प्रहरीलाई पक्राउ पूर्जी लिएर आउन भनेकी छन्। राष्ट्रपति विद्या भण्डारीबारे दिएको अभिव्यक्तिको विषयमा उनलाई प्रहरीले सोधपुछका लागि बोलाएको थियो। त्यस लगत्तै उनको निवासमा अगाडि प्रहरी परिचालन गरिएको थियो।

राष्ट्रपति निरङकुशतातर्फ उन्मुख भएको उनले आरोप लगाइन्। 'नीति कार्यक्रममा मेरो सरकार भन्ने, सडक जाम गरेर सवारी चलाउने, प्रहरीको तालिम केन्द्र हडप्न खोज्ने, यो के हो?' उनले प्रश्न गरिन्।

राष्ट्रपतिले प्रधानमन्त्रीको कदमको मतियारको हिसावले काम गरेको उनलेब बताइन्। राजतन्त्रमा राजाको विषयमा प्रश्न उठ्यो भने गणतन्त्रमा राष्ट्रपतिबारे पनि उठ्ने उनले बताइन्।

तानाशाहरु ढल्ने बेला यस्तै हुने उनले बताइन्। 'शासक जवाफदेही हुन नपर्ने नागरिकले सडकमा विद्रोहको भाषा बोल्न पनि नपाउने? उनले भनिन्।

शंखमुल स्थित उनको निवास अगाडि युवा-विद्यार्थीहरुको एक समूहले प्रदर्शन गरिरहेको छ।  

 

 

प्रकाशित: २९ माघ २०७७ ०६:४१ बिहीबार

रामकुमारी झाँक्री राष्ट्रपति