राजनीति

रामकुमारी झाँक्रीको निवास अगाडि समर्थकको प्रदर्शन

रामकुमारी झाँक्री निवास अगाडि भएको प्रदर्शन। तस्बिर : दिपेश श्रेष्ठ

नेकपा दाहाल-नेपाल समूहकी नेता रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी पुगेपछि उनको निवास अगाडि नेकपा कार्यकर्ताले प्रदर्शन गरेका छन्।  

शंखमुल स्थित उनको निवास अगाडि युवा-विद्यार्थीहरुको एक समूहले प्रदर्शन गरिरहेको छ। झाँकीले राष्ट्रपति विद्या भण्डारीबारे गोरखामा दिएको अभिव्यक्तिको विषयमा सोधपुछ गर्न प्रहरीले बोलाएको थियो। त्यस लगत्तै उनको निवास अगाडि प्रहरी पुगेको थियो।

विद्यार्थीले रामकुमारी झाँक्रीलाई पक्राउ गर्न नपाइने भन्दै नारा लगाएका छन्। उनीहरुले प्रधामन्त्री केपी ओली र राष्ट्रपति भण्डारीबारे चर्को नारा लगाएका छन्।

 

प्रकाशित: २९ माघ २०७७ ०६:२४ बिहीबार

रामकुमारी झाँक्री पक्राउ राष्ट्रपति