राजनीति

अष्टलक्ष्मी शाक्य कलंकीबाट पक्राउ

दाहाल-नेपाल समूहले घोषणा गरेको आमहडताल सफल बनाउन सडकमा उत्रिएका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।  

प्रहरीले कलंकीबाट नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलाई पक्राउ गरेको छ। उनीसँगै अन्य नेता तथा कार्यकर्ताहरुलाई पनि प्रहरीले पकउ गरेको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले बताए।  

उनले भने, 'आज बिहानै निरंकुश सरकारले नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलगायतका नेताहरूलाई कलंकीबाट गिरफ्तार गरेको छ।'

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय सुनुवाईविनै संवैधानिक परिषद्ले सिफारिस गरेका संवैधानिक आयोगका पदाधिकारी तथा सदस्यहरु नियुक्त गरेपछि दाहाल-नेपाल समूहले आकस्मिकरुपमा हड्ताल घोषणा गरेको थियो।

प्रकाशित: २२ माघ २०७७ ०२:०० बिहीबार

दाहाल-नेपाल समूह आमहडताल