राजनीति

प्रचण्ड-माधव समूहले भोली आम हड्ताल गर्ने

नेकपा प्रचण्ड-माधव समूहले विहिबार (भोली) आम हड्ताल गर्ने भएको छ। केन्द्रीय संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालका अनुसार संवैधानिक निकायमा 'असंवैधानिक' नियुक्ति गरिएको भन्दै आमहड्ताल गर्न लागिएको हो। नेकपाले परिमार्जिक संघर्षका कार्यक्रम आज २ बजे पत्रकार सम्मेलन गरेर घोषणा गर्दै छ।

नेकपा ओली समूहले मंगलबार जनसभाको आयोजना गरेको छ। त्यसको एक दिन अघि प्रचण्ड-माधव समूहले आमहड्ताल घोषणा गरेको हो।

 

 

प्रकाशित: २१ माघ २०७७ ०८:०६ बुधबार

प्रचण्ड माधव समूह नेकपा