राजनीति

बुधबारका लागि बोलाइएको संवैधानिक परिषदको बैठक स्थगित

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारका लागि बोलाएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ। प्रधानमन्त्री ओलीले बुधबार साँझ ५ बजेलाई परिषदको बैठक बोलाएका थिए। बैठक भने अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ।

यस अघि संवैधानिक परिषदसम्वन्धी अध्यादेश ल्याएर बैठक बसेर विभिन्न नियुक्ति गरिएको थियो। तर उक्त बैठककले संवैधानिक अंगहरुमा गरेका नियुक्ति सिफारिस सभामुख अग्नि सापकोटाले आइतबार फिर्ता गरेका थिए।  

यस अघिको बैठक सभामुख सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरवहादुर देउवाले वहिस्कार गरेका थिए।

प्रकाशित: २० माघ २०७७ ०७:१६ मंगलबार

संवैधानिक परिषदको बैठक