राजनीति

प्रचण्ड–माधव समूहले निर्वाचन आयोगमा पेस गर्‍यो आधिकारिकता दबी

नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–माधव समूहले निर्वाचन आयोगमा दलको आधिकारिकता दबी पेस गरेको छ।  

सोमबार बसेको उक्त समूहको केन्द्रीय कमिटी बैठकले निर्वाचन आयोगमा आधिकारिकता पेस गर्ने निर्णय गरेको थियो।  

मंगलबार विहान आधिकारिकता दबी पेस गर्न अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड', माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनालसहितका नेताहरु आयोग पुगेका थिए।  

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको निर्णयसँगै नेकपामा विभाजन देखिएको छ। प्रचण्ड–माधव समूहले ओलीलाई पार्टीको अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष चयनसमेत गरेको थियो। त्यस अघि ओली समूहले केन्द्रीय कमिटी विस्तार गरेको थियो। तर आयोगले दुवै समूहको दाबीलाई अस्विकार गरेको थियो।

 

 

 

प्रकाशित: २० माघ २०७७ ०६:४० मंगलबार

नेकपा निर्वाचन आयोग