राजनीति

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक

फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीले वुधबार साँझ ५ बजेलाई परिषदको बैठक बोलाएका हुन्।

यस अघि संवैधानिक परिषदसम्वन्धि अध्यादेश ल्याएर वैठक बसेर विभिन्न नियुक्ति गरिएको थियो। तर उक्त वैठककले संवैधानिक अंगहरुमा गरेका नियुक्ति सिफारिस सभामुख अग्नि सापकोटाले आइतबार फिर्ता गरेका थिए।  

यस अघिको बैठक सभामुख सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरवहादुर देउवाले वहिस्कार गरेका थिए।

 

 

प्रकाशित: २० माघ २०७७ ०६:११ मंगलबार

संवैधानिक परिषद प्रधानमन्त्री