राजनीति

संवैधानिक आयोगका नियुक्ति सिफारिस फिर्ता गरेकोमा राष्ट्रियसभा अध्यक्षको विरोध

संवैधानिक आयोगहरूमा नियुक्तिका लागि सिफारिस गरिएका व्यक्तिहरूको संसदीय सुनुवाइका लागि संसद् सचिवालयमा पठाइएको पत्र सभामुख अग्नि सापकोटाले फिर्ता गरेको विषयलाई राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले त्यसको विरोध गरेका छन्।  

तिमिल्सिनाले सोमबार पत्रकार सम्मेलन गरेर ‘संसदीय सुनुवाइ सम्बन्धी प्राप्त सक्कलै कागजात फिर्ता पठाइएको सम्बन्धमा’ भएको पत्राचार, अधिकारक्षेत्र र त्यसमा प्रयुक्त व्यहोरा प्रति गम्भीर ध्यानाकर्षण भएको बताए। सभामुखको कदमले राष्ट्रिय सभाको गरिमामा प्रहार भएको तिमिल्सनाले बताएका छन्।

दुवै सदनको प्रतिनिधित्व रहने संसदीय सनुवाइ सहितका संयुक्त समितिहरु सञ्चालनको अधिकार संघीय संसदको कुनै एक सदन वा पदाधिकारीमा निहित नरहेको उनले बताए।  

अधिकारप्राप्त निकायबाट आएका कुनै पनि कागजात संघीय संसदको दुवै सदनको सम्पत्ति भएको उनले बताएका छन्।  

सुनुवाइका लागि संबैधानिक परिषद्ले गरेको सिफारिस संसदीय सनुवाइ समितिको दुई तिहाई बाहेकका अन्य कुनै पनि निकाय वा पदाधिकारीलाई अस्वीकार वा फिर्ता गर्ने कानूनी व्यवस्था नभएको तिमिल्सिनाले बताएका छन्।  

 

 

 

प्रकाशित: १९ माघ २०७७ १०:०४ सोमबार

राष्ट्रिय सभा संसद विघटन