राजनीति

प्रधानमन्त्रीको कदमले देश गृहयुद्धतर्फ: किराँती

नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमले देशलाई गृहयुद्धतर्फ धकेलेको बताए। प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको बताउँदै किराँतीले भने, ‘ओलीको कदमका विरुद्ध सबै नेपाली एक जुट हुने बेला आएको छ।’

विराटनगरमा शनिबार आयोजित मजदुर किसान सुकुमबासी जागरण अभियानमा कार्यक्रममा बोल्दै किरातीले ओलीको तानाशाह प्रवृतिका कारण देशलाई अस्थिरतातर्फ धकेलेको बताए। माओवादीका तीन जना नेताले ओलीलाई महाराज बनाएको आरोप लगाए।

उनले भने, 'प्रचण्ड, बाबुराम भट्टराई र मोहन वैद्यका कारण अर्को तानाशाह ओली जन्मिएको हो। १० वर्षे जनयुद्ध, जनआन्दोलनलाई खरानी बनाउँदै प्रचण्डलगायतले नेकपा माओवादी पार्टीलाई केपी शर्मा ओलीको पाउमा सुम्पने काम गरे।' संविधानलाई मिचेर अघि बढ्दै गएको र ०४७ सालको संविधानलाई ब्युत्याउने खेलमा प्रधानमन्त्री ओली लागी परेको उनलेले बताए।

प्रकाशित: १८ माघ २०७७ ०२:३७ आइतबार

प्रधानमन्त्रीको कदम