राजनीति

अनेरास्ववियूको तेस्रो चरणको आन्दोलन : सरकारी गाडी चल्न नदिनेदेखि युवा मार्चसम्म

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रतिनिधि सभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर अनेरास्ववियूले तेस्रो चरणका संघर्षका कार्यक्रम घोषणा गरेको हो। अनेरास्ववियूले सरकारको कदम नसच्चिएसम्म आन्दोलनलाई निरन्तरता दिने समेत जनाएको छ।  

अनेरास्ववियूले घोषणा गरेका विरोध कार्यक्रम अन्तर्गत माघ १६ गते (आज) सहिद पार्कमा श्रद्धाञ्जली सभा गर्ने, माघ १८ र १९ गते स्थानीय तहको सरकारलाई ज्ञापनपत्र दिने, माघ २९ गते सुरक्षा प्रमुख, संवैधानिक निकाय र कर्मचारी प्रशासनलाई प्रतिगामी सरकारलाई भद्र अवज्ञा गर्न सार्वजनिक अपिल गर्ने, मन्त्रीहरुलाई सार्वजनिक बहिष्कार गर्ने, मन्त्रीहरुका गाडी चल्न नदिनेलगायत रहेका छन्।  

यसैगरी, माघ २१ गते सबै क्याम्पस अगाडि कालो झण्डासहित ३० मिनेट चक्काजाम गर्ने, माघ २२ र २३ गते सरकारी नम्बर प्लेटका सवारी साधनहरु निषेध गर्ने र युवा मार्च गर्ने, माघ २५ गते प्रधानमन्त्री ओलीलाई विरोधपत्र बुझाउनेलगायतका कार्यक्रम रहेका छन्।

यस्तै, अनेरास्ववियूले कोरोना भाइरसविरुद्धको खोप शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर शैक्षिक संस्था सुरु गर्नुपर्ने लगायतका माग पनि अघि सारेको छ।

यसैगरी, अनेरास्ववियूले लिपुलेक, लिम्पयाधुरासहितको नक्सा भएको पाठ्यपुस्तक सार्वजनिक गरी अध्ययन सुरु गर्न दबाबमूलक कार्यक्रम गर्ने, कोरोनाका कारणले समस्यामा परेका विद्यार्थीहरुलाई निःशुल्क अध्ययन गर्ने वातावरण गराउन दबाब दिने, अहिलेसम्मको शुल्क मिनाह गर्न र लिएको शुल्क फिर्ता गर्न दबाब दिने लगायतका माग राखेर विरोध गर्ने घोषणा गरेको छ।

विज्ञप्तिः

प्रकाशित: १६ माघ २०७७ १०:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App