राजनीति

प्रतिनिधि सभा विघटनको विरोधमा कांग्रेसले रत्नपार्कमा सभा गर्दै

क्याप्शन

नेपाली कांग्रेसले काठमाडौंको रत्नपार्कमा प्रतिनिधि सभा विघटनको विरोधमा आज एक सभाको आयोजना गरेको छ। सभामा कांगे्रस नेताहरु कृष्णप्रसाद सिटौला, गगन थापा, प्रदीप पौडेल, पुष्पा भुसाल, भीमसेनदास प्रधान लगायतका नेताहरुको सहभागिता रहने कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ का नेता चन्द्रराज न्यौपानेले जानकारी दिए।

कांग्रेसले शहीद दिवसको अवसर पारेर विरोध सभाको आयोजना गरेको हो।  

संसद विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम ठहर गरेको कांग्रेसले त्यसविरुद्ध विभिन्न कार्यक्रमहरु गर्दै आएको छ।  

गत पुस ५ गते प्रधानमन्त्रीका सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेको विरोधमा नेपाली कांग्रेसहितका राजनीतिक दलहरु, नागरिक अगुवाहरु आन्दोलनमा छन्। संसद् विघटनको विषय भने सर्वोच्च अदालतमा विचाराधीन छ।

प्रकाशित: १६ माघ २०७७ ०७:०१ शुक्रबार

नेपाली कांग्रेस संसद विघटन विराेध सभा