राजनीति

प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले माघ ३० गते देशव्यापी प्रदशर्न गर्ने

फाइल तस्बिर।

नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रमहरु गर्ने भएको छ। मंगलबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले माघ १९ गते, २४ गते र ३० गतेका लागि आन्दोलन कार्यक्रम तय गरेको छ।

केन्द्रीय सदस्य प्रदीप पौडेलले नागरिकलाई दिएको जानकारीअनुसार १९ गते भ्रातृ संस्थाले, २४ गते शुभेच्छुक संगठनले आन्दोलनका कार्यक्रम गर्नेछन्। यस्तै, माघ ३० गते देशका सबै जिल्लामा प्रदर्शन गर्ने तय भएको छ।

यसअघि पनि कांग्रेसले देशव्यापी प्रदर्शन गरको थियो।

यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन व्यवसायीलाई लिएर दिएका अभिव्यक्तिको निन्दा पनि बैठकले गरेको छ। यस्तै, बैठकले हिजो सोमबार नागरिक समाजको आन्दोलनमा प्रहरीले गरेको हस्तक्षपको भत्र्सना समेत गरेको छ।

प्रकाशित: १३ माघ २०७७ ११:२५ मंगलबार

नेपाली कांग्रेस संसद विघटन