राजनीति

फागुनमा संसद पुनःस्थापना हुन्छ : योगेश भट्टराई

फाइल तस्बिर।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले आगामी फागुनमा प्रतिनिधिसभा पुनःस्थापना हुने दाबी गरेका छन्। मंगलबार ताप्लेजुङमा आयोजित सभालाई सम्बोधन गर्दै नेता भट्टराईले संसद् पुनःस्थापना गर्नुको विकल्प नरहेको जिकिर गरे।

न्यायालयले संविधानमा टेकेर फैसला गर्ने उल्लेख गर्दै उनले फागुनमा संसद् पुनःस्थापना हुने जिकिर गरे। ‘संसद पुनःस्थापना गर्नुको अर्को विकल्प छैन।’ उनले भने,‘न्यायालयले संविधानलाई टेकेर नै फैसला गर्नेछ। फागुनमा संसद पुनःस्थापना हुन्छ ।’  

सम्बोधनका क्रममा उनले संसद् पुनःस्थापना गरेर संविधानलाई बचाउने अभियानमा साथ दिन कांग्रेसलाई पनि आग्रह गरेका थिए।  

‘सर्वसत्तावाद र अलोकतान्त्रिक कदमलाई सच्याउन संसद पुनःस्थापना गरेर संविधानलाई बचाएर अघि बढ्नुपर्छ। नत्र, देश ठूलो दुर्घटनामा फस्छ,’ उनले भने।

उनले आफूलाई ओलीले मन्त्री बनाएको भएपनि असंवैधानिक कदममा साथ दिन नसकिएको बताए। उनले आफू मन्त्रिपरिषद्मा हुँदा ओलीका हरेक निर्णयलाई साथ दिने गरेको पनि उल्लेख गरेका थिए।

प्रकाशित: १३ माघ २०७७ ०९:३९ मंगलबार

योगेश भट्टराई संसद पुनःस्थापना