राजनीति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। पुस २७ गतेका लागि बोलाइएको बैठक माघ ६ गतेका लागि सारिएको थियो। तर उक्त दिन पनि केन्द्रीय समिति बैठक बस्न नसक्दा बैठक आजसम्मका लागि स्थगित गरिएको थियो।

दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्‍ने बैठकमा प्रतिनिधिसभा विघटन र १४ औं महाधिवेशन लगायतका विषयमा छलफल हुने बताइएको छ।

काँग्रेस औपचारिक रुपमा प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलनको पक्षमा रहेको छ भने सभापति शेरबहादुर देउवा सर्वोच्चको फैसला कुर्ने पक्षमा छन्।  

बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रममा छलफल हुने जनाइएको छ।

प्रकाशित: १३ माघ २०७७ ०३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App