राजनीति

नेपाल प्रहरीका १६ जना डिएसपीको एसपीमा बढुवा (सूचीसहित)

नेपाल प्रहरीका १६ जना डिएसपीको एसपीमा बढुवा भएका छन्। सोमबार बसेको बढुवा समितिको बैठकले १६ जना डिएसपीको नाम बढुवाको लागि सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

बढुवा सिफारिसको एक नम्बरमा भुवनेश्वर तिवारी परेका छन्। त्यस्तै, ऋषिराम कंडेल, सुरेश काफ्ले, अमरेन्द्रबहादुर सिंह, श्यामसिंह चौधरी, नकुल पोख्रेल, पदम बहादुर विष्ट, सुवासचन्द्र बोहरा पनि बढुवामा परेका छन्। यसैगरी वासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्र श्रेष्ठ, दिलिप घिमिरे, बीरेन्द्र बहादुर शाही र राजेन्द्रबाबु रेग्मी बढुवा सिफारिसमा परेका छन्।

बढुवा सिफारिसमा परेका १६ जना डिएसपीको सूचीः

 

प्रकाशित: १२ माघ २०७७ १७:५६ सोमबार

डिएसपीको एसपीमा बढुवा नेपाल प्रहरी