नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव सुमहका स्थायी कमिटी सदस्य वर्षमान पुनले कार्यकारीको अगाडी संवैधानिक निकाय लाचार बनेको टिप्पणी गरेका छन् । रिर्पोटर्स क्लबले सोमबार बुटवलमा गरेको पत्रकार भेटघाटमा नेता पुनले निर्वाचन आयोग प्रति लक्षित गर्दै त्यस्तो टिप्पणी गरेका हुन ।
निर्वाचन आयोगले आइतबार कानुनी रुपमा नेकपा फुट्न नमिल्ने भन्दै पुरानै अवस्थालाई मान्यता दिएको थियो । पुनले निर्वाचन आयोगमा निर्णय क्षमता नै नदेखिएको पनि बताए । उनले नेकपा विभाजनका सम्बन्धमा आयोगले विवाद पन्छाउने काम गरेको भन्दै अयोगले संवैधानिक र कानुनी जिम्मेवारी पुरा गर्न नसकेको बताएका हुन् ।
‘आयोगले आफ्नो संवैधानिक र कानुनी जिम्मेवारी प्रयोग गरेन । आयोगमा निर्णय गर्ने क्षमताको अभाव देखियो,’ पुनले भने । ‘नेकपाको ४४१ जना केन्द्रीय सदस्यलाइ मान्यता दिएको आयोगले ७० प्रतिशतको हस्ताक्षरमा भएको निर्णयलाइ बैधानिकता दिनुपथ्यार्,े’उनले भने । हिजो निर्वाचन आयोगले गरेका निर्णयले कार्यकारीका आगाडी संवैधानिक निकाय लाचार भएको पुष्टि भएको उनको भनाइ थियो । अब आयोग मार्फत जाने की अदालत मार्फत भन्नेबारे पार्टीले छिट्टै धारणा बनाएर अगाडी बढ्ने उनले बताए ।
प्रम केपी शर्मा ओलीले संविधान कुल्चेर उठाएको कदम संसद पुर्नस्थापना भएमात्रै सच्चिने पनि उनले बताए । अहिले ओली र उनका मन्त्रीहरु राज्यकोषको दुरुपयोग गर्दै अर्को समुहका नेताहरुलाइ गाली गर्न देश दौडाहामा निस्केको भन्दै उनले पदको मर्यादा राख्न सुझाव दिए । पुर्व उर्जामन्त्री समेत रहेका पुनले अहिलेका उर्जामन्त्री टोपबहादुर रायमाझीलाइ गुटबन्दी र भाषणका लागि जिल्लामा दौडन छोडेर मन्त्रालयमा बसेर काम गर्न सुझाव दिए ।
प्रकाशित: १२ माघ २०७७ ०८:४९ सोमबार