राजनीति

संसद् विघटनविरुद्ध माटोको टिका लगाएर ‘बालुवाटार मार्च’ गरिँदै

प्रतिनिधि सभा विघटनविरुद्ध ‘बृहत नागरिक आन्दोलन’ ले माटोको टीका लगाएर प्रदर्शन गर्ने भएको छ। प्रतिनिधि सभा पुनःस्थापनाको माग राख्दै आन्दोलनरत बृहत नागरिक आन्दोलनले कमल पोखरीबाट प्रधानमन्त्री निवास बालुवाटारसम्म प्रदर्शन गर्न लागेको हो।  

‘बालुवाटार मार्च’ नाम दिइएको प्रदर्शन दिउँसो २ बजेबाट कमल पोखरीको माटोको टीका लगाएर सुरु भएर बालुवाटार पुग्नेछ।  

लेखक तथा विश्लेषक युग पाठकले हस्ताक्षर गरेको विज्ञप्तिमा सरकारको निरंककुशता, स्वेच्छाचारी, प्रतिगमनविरुद्ध प्रदर्शन गर्न लागिएको उल्लेख छ।  

कलात्मक प्रस्तुतिसहित हुने प्रदर्शनमा कवि, कलाकार, पत्रकार, सामाजिक अगुवाहरुको सहभागिता रहनेछ। 

प्रकाशित: १२ माघ २०७७ ०६:३४ सोमबार

बालुवाटार मार्च प्रतिनिधि सभा विघटन