राजनीति

नेकपा आधिकारिकता विवाद : दुवै समूहको दाबीलाई निर्वाचन आयोगले मान्यता दिएन

निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने भएको छ। आयोगको आइतबारको बैठकले नेकपाका ओली समूह र दाहाल-नेपाल समूहका दाबीलाई मान्यता नदिने निर्णय गरेको हो। आयोगका एक सदस्यका अनुसार  बैठकले दुवै समूहको दाबी नपुग्ने ठहर गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने निर्णपछि नेकपामा दुई समूह खडा भएका छन्। दाहाल-नेपाल समूहले ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष बनाएको छ भने ओली समूहले केन्द्रीय समिति विस्तार गरेका थिए।

आयोगले दुवै समूहले पार्टीमा गरेको हेरफेर संशोधन गर्न नसकिने बताउँदै दुवै अध्यक्षलाई पत्र पठाउने तयारी गरेको छ।

 

 

प्रकाशित: ११ माघ २०७७ १७:५२ आइतबार

नेकपा संसद विघटन