राजनीति

वैशाखमा हुने निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित सम्पन्न हुन्छ : प्रधानमन्त्री ओली

फाइल तस्वीर

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र  धाँधलीरहित रहित हुने सम्पन्न हुने बताएका छन्। सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अगामी वैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबैको उत्तिकै दायित्व रहेको बताएका हुन्।  

उनले भने, ‘मुलुक निर्वाचनको तयारीमा लागेको छ।  सुरक्षा निकायले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बेला आएको छ।’

प्रधानमन्त्री ओलीले पहिलो चरणमा प्रदेश दुईसहित गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा र दोस्रो चरणमा प्रदेश नं १ सहित वाग्मती र कर्णाली प्रदेशमा निर्वाचन हुने जानकारी दिए। ‘यसको औपचारिक निष्कर्ष निस्किसकेको छैन। कसो गर्दा उचित हुन्छ, त्यहीअनुसार अघि बढ्नुपर्ला भन्ने सोचेको छु’, उनले भने।  

उनले सुरक्षा निकायलाई निष्पक्ष र विधिसम्मत तरिकाले अघि बढ्न आग्रह गरे। अहिलेका अवस्थामा केही तत्वबाट विभन्न घटना घटाउने चेष्टा हुन सक्नेतर्फ ध्यानाकर्षण गराए। उनले घटना घट्नु अघि नै नियन्त्रण गर्न सुरक्षाकर्मीलाई निर्देशन दिए। यसका लागि अन्य सुक्षाकर्मीसँग समन्वय गर्न पनि उनले सुझाव दिए।  

प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई सहजरुपमा अघि बढ्न नदिने चेष्टाका झलक देखिएको बताए। उनले कुनै पनि अवाञ्छित गतिविधि गर्ने तत्वप्रति सजक रहँदै यसको सामनाका लागि तयार रहन पनि आग्रह गरे। 

रासस

प्रकाशित: ९ माघ २०७७ १२:१९ शुक्रबार

प्रधानमन्त्री ओली संसद वि