राजनीति

निर्वाचनमा गएर कांग्रेसलाई फाइदा भएपनि देशलाई ठूलो घाटा भएको छ : रामचन्द्र पौडेल

फाइल तस्वीर

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनसँगै देशलाई राजनीतिक अस्थिरतामा लगिएको बताएका छन्। कांग्रेस काठमाडौं महानगरपालिका–१६ एकाइद्वारा बिहीबार आयोजना गरेको विरोधसभामा उनले झण्डै दुई तिहाइ बहुमत पाएको सरकारले पार्टीभित्रको विवादका कारण प्रतिनिधिसभा विघटन गरेर देशलाई राजनीतिक अस्थिरतामा लगेको आरोप लगाए।

‘निर्वाचनमा गएर कांग्रेसलाई फाइदा भए पनि संसद् विघटनसँगै देशलाई ठूलो घाटा भएको छ,’ उनले भने। उनले संविधानले बहुमतको सरकारले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्न अधिकार नदिएको पनि बताए।

कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले संविधानले दिएको अधिकारभन्दा बाहिर गएर सरकारले संसद् विघटन गरेको आरोप लगाए। काठमाडौं–१६ का अध्यक्ष मुकुन्द रिजालले लोकतन्त्र रक्षाका लागि काँग्रेस एकजुट भएर अगाडि बढ्नुपर्ने बताए।

प्रकाशित: ८ माघ २०७७ १२:२७ बिहीबार

आमनिर्वाचन संसद विघटन नेता रामचन्द्र पौडल