राजनीति

संसद् विघटनविरुद्धको मुद्दामा सुनुवाइ जारी

फाइल तस्वीर

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दामा मंगलबार पनि सुनुवाइ जारी छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ।  

आजको सुनुवाइमा निवेदक सन्तोष भण्डारीको रिटमाथि कानुन व्यवसायीले बहस गरिरहेका छन्। संवैधानिक इजलासको तेस्रो दिन मंगलबारको बहसको सुरुवात अधिवक्ता शिवकुमार यादवले गरेका थिए।  

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेका छन्।  

प्रकाशित: ६ माघ २०७७ ०८:५७ मंगलबार

संसद् विघटन सर्वोच्च अदालत