राजनीति

कांग्रेस बिभाजित छैनः कांग्रेस नेतृ संग्रौला

प्रधानमन्त्री केपी ओलीले संसद बिघटन गरे पछि कांग्रेस नेताहरुको दुई थरी कुरा आईरहेका बेला नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डिला संंग्रौलाले कांग्रेस बिभाजन नभएको दाबी गरेकी छिन ।  

कांग्रेसले ओलीको कदमलाई गलत भएको भन्दै सर्वोच्च अदालतको निर्णयलाई मान्ने बताएकी छिन ।  नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले तौलिहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेतृ संग्रौलाले ओलीको सो कदमले संबैधानिक संकट उत्पन्न गराएको बताईन । 

उनले ओलीको कदम बिरुद्ध कांग्रेसले देश ब्यापीहरुपमा बिरोधका कार्यक्रम गर्नुका साथै निर्वाचनकालागि समेत तयार भएको बताईन । असंबैधानिक रुपमा गरिएको प्रतिनिधीसभा संसद बिगठनको बिरुद्ध पार्टीले वडास्तरको बिरोध कार्यक्रम अगाडी बढाएको स्पष्ट पार्दै काँग्रेसले संबिधानको रक्षालाई प्राथमिकतामा राखेको बताईन ।  

संसद बिगठन गर्न नपाउने बिषयमा पुर्व सभामुख सुवास नेम्वाङ्ग र महान्याधिवक्ता अग्नि खरेलले केहि समय राखेको बिचारको भिडियो अहिले चर्चामा आउनुले सो कार्य असंबैधानिक भएको प्रष्टिएको संग्रौलाको भनाई थियो ।  

 

प्रकाशित: २ माघ २०७७ १३:५३ शुक्रबार