राजनीति

भारतमा यस्तो छ परराष्ट्रमन्त्री ज्ञवालीको कार्यक्रम

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली ३ दिने औपचारिक भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गरेका छन्।  

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ज्ञवालीलाई स्वागत गरेपछि अधिकारीहरुबीच फोटो सेसन हुनेछ। ज्ञवालीको आज अन्य औपचारिक कार्यक्रम छैन। शुक्रबार ११ बजे भारतीय समकक्षी एस. जयशंकरसँग हैदरावाद हाउसमा औपचारिक भेटघाटको कार्यक्रम रहेको छ। ११:३० बजे नेपाल-भारत संयुक्त आयोगको बैठकमा ज्ञवाली सहभागि हुनेछन्। उक्त वैठक हैदरावाद हाउसमै हुनेछ।

ज्ञवालीले भारतमा रहँदा नेपाली समुदायका कार्यक्रमलाई समेत सम्वोधन गर्ने छन्। ज्ञवालीका अन्य राजनीतिक भेटघाटबारे भने प्रष्ट पारिएको छैन। उनी शनिबार २ बजे नेपाल फर्कने छन्।

 

 

 

प्रकाशित: १ माघ २०७७ ०७:१४ बिहीबार

नेपाल भारत सम्बन्ध परराष्ट्रमन्त्री परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली