राजनीति

प्रधानमन्त्रीले संघीयता, गणतन्त्र र समावेशितालाई समाप्त पार्न खोज्नुभयो : उपेन्द्र यादव

फाइल तस्वीर

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीबाट संघीयता, गणतन्त्र र समावेशितालाई समाप्त पार्न खाजिएको आरोप लगाएका छन्। मंगलबार वीरगञ्जमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा उनले संसद् विघटन गरेर प्रधानमन्त्री ओलीले अहिलेसम्म मुलुकले प्राप्त गरेका उपलब्धिलाई समाप्त पार्न खाजेको आरोप लगाएका हुन्।  

‘ओलीजीले संघीयता, गणतन्त्र र समावेशितालाई समाप्त पार्न खोज्नुभएको छ, संविधानले नदिएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन् गर्नुभएको छ,’ उनले भने,‘प्रधानमन्त्रीको यो कदम लोकतन्त्र, गणतन्त्र र संघीयतालाई सिध्याउनकै लागि आएको हो।’

उनले चुनाव गराउनको लागि प्रधानमन्त्री ओलीले मध्यावधी चुनाव घोषणा नगरेको दाबी गरे। सबैको ध्यान निर्वाचतिर मोडेर थप असंवैधानिक कदम चाल्नको लागि ओलीले चुनावको मिति घोषणा गरेको उनको दाबी छ। ‘सबैको ध्यान जाओस् भनेर प्रधानमन्त्रीले निर्वाचको नाममा एउटा तुरुप मात्रै फाल्या हो,’ उनले भने ‘सबैको ध्या निर्वाचनतिर गएपछि आफूले चालेको असंवैधानिक कार्य, गैरलोकतान्त्रिक कार्य अघि बढाउन सकिन्छ भनेर मात्रै हो।’

प्रकाशित: २८ पुस २०७७ ०९:०० मंगलबार

केपी शर्मा ओली संसद् विघटन उपेन्द्र यादव