राजनीति

सरकारको असफलताबाट छुट्कारा पाउन भएपनि ताजा जनादेशमा जानुपर्छः कमल थापा

फाइल तस्वीर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले वर्तमान सरकारको असफलताबाट छुट्कारा पाउन भएपनि ताजा जनादेशमा जानुपर्ने बताएका छन्। पृथ्वी जयन्तीको अवसरमा गोरखा संग्रहालय परिसरमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष थापाले भ्रष्टचार, सर्वसत्तावाद लगायतबाट छुट्कारा पाउन ताजा जनादेशमा जानुपर्ने बताएका हुन्। 

उनले अदालतमा विचाराधीन रहेको संसद् विघटनको विषयलाई लिएर पक्ष वा विपक्षमा बोल्न नहुने समेत बताए। ‘सर्वोच्चमा विचाराधीन विषयलाई पक्ष वा विपक्ष बनाइ प्रभावित गर्ने, दबाब दिने ढंगबाट प्रस्तुत हुनु हुँदैन,’ उनले भने। 

अर्को प्रसंगमा उनले लिम्पीयाधुरा समेट्ने नक्सा संविधानको अंग बनाएर वर्तमान सरकारले महत्वपूर्ण र साहसिक काम गरेको बताए।

अध्यक्ष थापाले पृथ्वी जयन्तीलाई सरकारले राष्ट्रिय दिवसका रुपमा मनाउनुपर्ने बताए। उनले पुस २७ गतेलाई सार्वजनिक बिदा दिन पनि माग गरे।

प्रकाशित: २७ पुस २०७७ १२:४७ सोमबार

कमल थापा संसद् विघटन