राजनीति

पृथ्वी जयन्तीको र्‍यालीमा सहभागीहरु र प्रहरीबीच झडप

तस्वीरः नागरिक

२९९ औं पृथ्वी जयन्तीका अवसरमा सोमबार काठमाडौंमा निकालिएको र्‍यालीमा सहभागीहरु र प्रहरीबीच झडप भएको छ। र्‍यालीसहित सिंहदरबारतर्फ अघि बढेका उनीहरूलाई प्रहरीले निषेधित क्षेत्रमा जान नपाइने भन्दै रोकेपछि झडप भएको हो।  

झडपका क्रममा प्रहरीले लाठीचार्ज गरेपछि उनीहरुले प्रहरीविरूद्ध नारा लगाएका थिए।

प्रकाशित: २७ पुस २०७७ ११:३७ सोमबार

२९९ औं पृथ्वी जयन्ती झडप