राजनीति

सेनाको मुख्यालयमा ‘पृथ्वीनारायण शाह अध्ययन केन्द्र’को उद्घाटन

तस्वीरः नेपाली सेनाको ट्वीटरबाट

२९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पारेर नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा ‘पृथ्वीनारायण शाह अध्ययन केन्द्र’को उद्घाटन गरिएको छ। भद्रकालीस्थित जङ्गीअड्डामा सोमबार आयोजित विशेष समारोहमा नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले अध्ययन केन्द्रको उद्घाटन गरेका हुन्।

कार्यक्रममा प्रधानसेनापति थापाले पृथ्वीनारायण शाहको शालिकमा सलामी तथा सम्मान अर्पण समेत गरेका थिए।

प्रकाशित: २७ पुस २०७७ ०८:०५ सोमबार

पृथ्वीनारायण शाह अध्ययन केन्द्र पृथ्वी जयन्ती नेपाली सेना