राजनीति

पृथ्वी जयन्ती विभिन्न कार्यक्रम गरेर मनाइँदै

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका लागि रत्नपार्कमा भेला भएकाहरु। तस्वीरः नागरिक

आज पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर पृथ्वी जयन्ती हरेक वर्ष पुुस २७ गते मनाउने गरिन्छ। यस वर्ष २९९ औं पृथ्वी जयन्ती मनाइँदैछ।  

दिवसका अवसरमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिले काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेको छ। पृथ्वी नारायण शाहका समर्थकहरु उपस्थितिमा हुन लागेको कार्यक्रम रत्नपार्कको शान्तिबाटीबाट सुरु भई माइतीघर पुगेर कोणसभामा परिणत हुनेछ। उनीहरु राजाको पक्षमा नारा लगाउँदै रत्नपार्कबाट बागबजार, भृकुटीमण्डप, भद्रकाली हुँदै सिंहदरबार अगाडि रहेको पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण गर्दै माइतीघर मण्डला पुग्नेछन्।

गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विक्रम् संवत् १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकीकरण गरेर आधुनिक नेपाल निर्माण गरेका थिए। नेपाल एकीकरण गरेकाले शाहलाई ‘राष्ट्र निर्माता’को उपमा समेत दिने गरिन्छ।  

तर, उनको आलोचना पनि उत्तिकै हुने गरेको छ। आलोचकहरुले उनीमाथि एकल जाती–नश्लवादी, एकल संस्कृति, एकल धर्म र सम्प्रदायवादीको आरोप लगाउने गरेका छन्।

प्रकाशित: २७ पुस २०७७ ०६:४८ सोमबार

पृथ्वी जयन्ती राष्ट्रिय एकता दिवस २९९ औं