राजनीति

राष्ट्रियसभामा प्रधानमन्त्रीले भने : अहिलेको कदम विलकुल सही छ

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको कदम सही भएको बताएका छन्। राष्ट्रिय सभामा बोल्दै ओलीले दलहरुको शुद्धिकरणका लागि यो निर्वाचन एउटा झड्का भएको दाबी गरे।  

निर्वाचनपछि शुद्धिकरणका साथ राजनीतिक दल आउने उनले विश्वास व्यक्त गरे। उनले भने, 'राष्ट्रले लिएको यहि बाटो हो, यो विलकुल सही छ।'

उनले हाम्रो समाज, सभ्यतामाथी हमला भएको ओलीले बताए। समाजका मूल्य मान्यता ध्वस्ता पार्ने प्रयास भइरहेको उनको भनाई छ।

छिमेकबाट भ्रमण आदान प्रदानहुनु स्वभाविक भएको उनले बताए। 'कसैले प्रश्न उठाउँछन् चीनको फलानो मानिस किन आयो, भारतको मानिसक किन आयो। आउँछन भलो चिताउँछन् जान्छन्', उनले भने।  

१४ तारिकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणमा जान लागेको बताउँदै उनले त्यहाँ ज्ञवालीले हाम्रो भूभागसमेत समेटेर छापेको नक्साको विषयमा र विभिन्न व्यवहारिक विषयमा कुरा गर्ने बताए।  

 

प्रकाशित: २६ पुस २०७७ ०८:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App