राजनीति

कांग्रेस प्रवक्ताले पठाए प्रेस युनियन काठमाडौं अध्यक्षमार्फत प्रधानमन्त्रीलाई संविधान

नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले  प्रधानमन्त्री केपी ओलीलाई प्रेस युनियन काठमाडौं अध्यक्ष जगन्नाथ दुलालमार्फत संविधान पार्सल पठाएका छन् । आज काठमाडौंको भृकुटीमण्डमा आयोजित विरोध सभामा प्रवक्ता शर्माले अध्यक्ष दुलालमार्फत पठाएका हुन् ।  

प्रवक्ता शर्माले  संविधानसँगै शर्माले रोगले मरेका राजु सदा, भोकले मरेका सुर्यबहादुर तामाङ र असुरक्षाको सिकार बनेकी निर्मला पन्तको तस्विर पनि पठाएमा छन् ।

 उनले निर्मला पन्तको बलात्कारी खै प्रधानमन्त्री ज्यू भन्दै प्रश्न पनि सोधेका थिए । अध्यक्ष  दुलालले भोली हुलाकमार्फत सो संविधान र फोटो हुलाकमार्फत प्रमलाई आइतबार पठाइने जानकारी दिए ।

प्रकाशित: २५ पुस २०७७ १४:१९ शनिबार