राजनीति

वैशाखका लागि तोकिएको चुनाव हुनै नसक्ने कांग्रेस नेता सिंहको दाबी

फाइल तस्वीर

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले वैशाखमा तोकेको चुनाव कुनै हालतमा हुन नसक्ने ठोकुवा गरेका छन्। नेपाली कांग्रेसले शनिबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता सिंहले दुई तिहाईको सरकार भएरपनि संसदमा विश्वासको मत लिन नसक्ने सरकारबाट चुनाव हुनै नसक्ने जिकिर गरे।  

‘झण्डै दुई तिहाईको दाबी गर्ने सरकारले सांसदहरुको विश्वासको मत लिन नसक्ने, अनि अहिले आएर जनाको मत लिन सक्छ? त्यसकारण असंवैधानिक तवरले संविधान मिच्ने काम गरेको ओली सरकारले चुनाव गराउँछ भनेर कसले ग्यारेन्टी लिन सक्छ?’ उनले भने।

सरकारले चालेको असंवैधानिक कदम खारेज गराउनका लागि कांग्रेसले विरोध गरेको उनको भनाई छ।  

संसद् विघटनविरूद्ध चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको कांग्रेसले शनिबार देशका ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको छ।

प्रकाशित: २५ पुस २०७७ १०:१२ शनिबार

प्रकाशमान सिंह संसद् विघटन