राजनीति

प्रधानमन्त्री ओलीको समर्थनमा काठमाडौंमा धोती जुलुस

तस्वीरः अशुतोश राजपुतको फेसबुकबाट

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा धोती जुलुस निकालेको छ। नेकपा ओली समूहको युवा संघले शनिबार काठमाडौंमा धोती जुलुस निकालेको हो।

काठमाडौंको नयाँ बानेश्वर , सुन्धारा, माइतिघर मण्डला, जमल लगायतका स्थानबाट निस्केको जुलुस प्रज्ञा प्रतिष्ठान पुगेर  कोणसभामा परिणत भएको छ।  

जुलुसमा सहभागीहरुले ‘नेपाली जनता के भन्छ, केपी ओली ले भन्छ’, ‘गाउँबेँसी सहर, ओलीको छ लहर’, ‘केपी ओली रेलमा, भ्रष्ट्राचारी जेलमा’ लगायतका नारा लगाएका थिए। 

प्रकाशित: २५ पुस २०७७ ०८:०० शनिबार

प्रधानमन्त्री ओली धोती जुलुस