राजनीति

भारतमा प्रचण्डले राजीतिक भेटघाट गर्नसक्ने गोकुल बास्कोटाको आशंका

फाइल तस्वीर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता गोकुल प्रसाद बाँस्कोटाले पत्नीको उपचारका लागि भारत गएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट भारतमा राजनीतिक भेटघाट हुनसक्ने आशंका गरेका छन्। पूर्व सञ्जार मन्त्रीसमेत रहेका नेता बाँस्कोटाले सामाजिक सञ्जाल ट्विटरमार्फत भारत रहँदा प्रचण्डले राजनीतिक भेटघाट गर्न सक्ने आशंका व्यक्त गरेका हुन्।

पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड गत सोमवार भारतको मुम्बई गएका थिए।

नेता बाँस्कोटाले कसैको मन्त्रणामा देशविरुद्ध तानाबाना बुनेर प्रचण्ड फर्किएमा राजनीतिक शक्ति संघर्षले कष्टकर बाटो समाउने बताएका छन्।  

‘पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको उपचार सफल होस्, शुभकामना । तर, कसैको मन्त्रणामा देशविरुद्ध तानाबाना बुन्ने काम गरेर दाहाल फर्के भने राजनीतिक शक्ति संघर्षले कष्टकर बाटो समाउने निश्चित छ,’ नेता बाँस्कोटाले ट्विटरमा लेखेका छन्।

प्रचण्डको सचिवालयले भने भारत रहँदा उनले राजनीतिक भेटघाट गर्ने कुनै कार्यक्रम नरहेको दाबी गरेको छ।

प्रकाशित: २३ पुस २०७७ ११:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App