राजनीति

संसद विघटनविरूद्धको संवैधानिक इजलासमा न्यायाधीश कार्की नबस्ने

क्याप्शन

संसद विघटनविरूद्धको मुद्दामा इजलासको विषयमा कानुन व्यवसायीले प्रश्न उठाएपछि  न्यायाधीश हरिकृष्ण कार्कीले इजलासमा नबस्ने घोषणा गरेका छन्। इजलासको विषयमा वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, मुक्ति प्रधान, कृष्णप्रसाद भण्डारीलगायतले प्रश्न उठाएपछि न्यायाधीश कार्कीले इजलासमा नबस्ने बताएका हुन्।  

कानुन व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेलामा कार्की महान्यायाधिवक्ता नियुक्त भएकाले उनी इजलासमा बस्न नहुने भनी प्रश्न गरेका थिए।

अब सर्वोच्चले कार्कीको ठाउँमा अर्का न्यायाधीश राख्ने जनाएको छ।

प्रकाशित: २२ पुस २०७७ ०९:४० बुधबार

संसद विघटन संवैधानिक इजलास हरिकृष्ण कार्की